सबैका लागि शिक्षा! सधैंका लागि शिक्षा!

MISSION - SEE EXAM

सिराहा जिल्लाका कक्षा १० का विद्यार्थीहरूलाई SEE परीक्षाको पूर्ण तयारी गराउन समर्पित, यो एक निःशुल्क शिक्षा अभियान हो।

सिराहाको शैक्षिक संकट

सिराहा जिल्लाका अधिकांश सरकारी विद्यालयहरू अझै पनि अभाव र कठिनाइसँग संघर्ष गरिरहेका छन्। विद्यार्थीहरूको किताब समयमै पूरा नहुने, शिक्षक अपर्याप्त हुने, र अभिभावकहरूसँग शिक्षाको स्तर सुधार हुने आशा बाहेक अरू कुनै उपाय नभएको अवस्था छ।

हरेक वर्ष हजारौं बालबालिका विद्यालय जान्छन्, तर उनीहरूको पढाइ अपूर्ण नै रहन्छ। प्राथमिक तहका शिक्षकले माध्यमिक तहसम्म पढाउनुपर्ने बाध्यता, एउटै शिक्षकले धेरै विषय सम्हाल्नुपर्ने विवशता, र विद्यार्थीको अत्यधिक चाप जस्ता समस्याहरूले शिक्षाको गुणस्तरमा गहिरो असर पारेको छ।

"यी सबै कारणले सिराहाको शिक्षा गहिरो संकटमा परेको छ।"

हाम्रो अभियान

Students studying

यो अभियान सिराहा जिल्लाको कमजोर शैक्षिक अवस्थाबाट जन्मिएको एक सामाजिक आन्दोलन हो। यो अवस्था सरकारको गलत नीति र विद्यार्थीहरूको बेवास्ताका कारण सिर्जना भएको हो।

हाम्रो मुख्य उद्देश्य:

कक्षा १० का विद्यार्थीहरूलाई SEE परीक्षाको लागि पूर्ण रूपमा तयारी गराउनु हो। हामी विद्यार्थीहरूको अनुशासन, जिम्मेवारी र अध्ययनको गुणस्तरमा सुधार ल्याउन प्रतिबद्ध छौं।

कसरी सहभागी हुने?

दर्ता प्रक्रिया

अभियानमा सहभागी हुन नाम दर्ता अनिवार्य छ। आ-आफ्नो विद्यालयमार्फत वा सिधै हाम्रो कार्यालयमा सम्पर्क गरेर दर्ता गर्न सकिनेछ।

एक पटकको दर्ता शुल्क:

रु. 1100/-

(यो शुल्क पछि, पूरा शैक्षिक सत्रका कक्षाहरू र अन्य सुविधाहरू निःशुल्क हुनेछन्।)

कृपया ध्यान दिनुहोस्: एक पटक दर्ता शुल्क बुझाइसकेपछि, नाम कट्टा गराएमा शुल्क फिर्ता गरिने छैन।

विद्यार्थीका लागि अनिवार्य नियमहरू

समयनिष्ठता

विद्यार्थीले समयमै कक्षा लिनुपर्नेछ र सबै परीक्षाहरू अनिवार्य रूपमा दिनुपर्नेछ।

ध्यान केन्द्रित

कक्षा अवधिभर मोबाइलको अनावश्यक प्रयोग नगरी अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्नेछ।

सम्मानजनक व्यवहार

शिक्षक र सहपाठीप्रति सधैं सम्मानजनक व्यवहार गर्नुपर्नेछ।

नियम पालना

संस्थाले तोकेको सम्पूर्ण नीति तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।